काठमाडौं। नेपालमा इलेक्ट्रिक सवारीसाधनप्रतिको आकर्षण निरन्तर बढिरहेको छ। त्यही बेला नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको क्रेटा ईभीले नेपाली बजारमा राम्रो प्रभाव पारिरहेको छ।
कम्पनीका अनुसार यसको प्रदर्शन, सुरक्षा र सेवा–सुविधाले गाडीलाई नेपाली उपभोक्ताका लागि भरपर्दो विकल्प बनाएको छ।
क्रेटा ईभीमा २०० मिमि ग्राउन्ड क्लियरन्स दिइएको छ, जसले नेपालका पहाडी, हिमाली तथा अव्यवस्थित सडकमा पनि सहज सञ्चालन सुनिश्चित गर्छ। यसको ४२.२ किलोवाट क्षमताको ब्याट्रीले करिब ३०० किलोमिटर सम्मको यात्रा गर्न सकिन्छ। जुन गाडीमा काठमाडौं–पोखरा वा अन्य मध्यम दूरीका यात्राका लागि पर्याप्त मानिन्छ।
सुरक्षाका हिसाबले, यो मोडलमा उपलब्ध रि–जेनेरेटिभ ब्रेकिङ प्याडल शिफ्टर विशेष आकर्षण मानिन्छ। पहाडी सडकमा गति नियन्त्रण गर्न मद्दत गर्ने यो प्रविधिले ब्रेकिङ प्रणालीलाई सहज बनाउनुका साथै यात्राको क्रममा ब्याट्रीमा पुनःचार्ज पनि गर्न सहयोग गर्छ। नेपालका उकालो–ओरालो क्षेत्रका लागि यो गाडी सुविधा उपयोगी र व्यवहारिक मानिएको छ।
सेवा–सुविधा क्षेत्रमा हुन्डाई नेपालले इलेक्ट्रिक सवारीका लागि आवश्यक पूर्वाधार विस्तार गर्दै आएको छ। देशभर रहेका सेवाकेन्द्र, ईभी विशेष तालिमप्राप्त प्राविधिक तथा जेन्युइन स्पेयर पाट्र्स उपलब्धताले क्रेटा ईभीका प्रयोगकर्तालाई दीर्घकालीन रूपमा विश्वसनीय सेवा पाउने वातावरण बनाएको कम्पनीको दाबी छ।
बढ्दो ईभी बजारबीच क्रेटा ईभी नेपाली सडक, मौसम र भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार पारिएको आधुनिक इलेक्ट्रिक एसयूभीका रूपमा परिचित हुँदै छ। इलेक्ट्रिक गाडी किन्न इच्छुक उपभोक्ताका लागि सुरक्षा, दायरा र सेवा–सुविधा संयोजनले यसलाई आकर्षक विकल्पका रूपमा उभ्याएको छ।