राष्ट्रपति सीको भ्रमणले ट्रान्स हिमालयन कनेक्टिभीटिमा सहकार्यको सुनिश्चित गरेको छ  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २, शनिबार,०९:४७:AM  
राष्ट्रपति सीको भ्रमणले ट्रान्स हिमालयन कनेक्टिभीटिमा सहकार्यको सुनिश्चित गरेको छ  

२३ वर्षपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको पहिलो नेपाल भ्रमण सफल भएको छ । दुई मुलुकले संयुक्त बक्तव्य जारी गर्दै २० ओटा साझोदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेपछि यो भ्रमण फलदायी सावित भएको हो । 

सीको भ्रमणपछि द्धिपक्षिय सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा पुगेको छ । सम्बन्धमा आएको यो नयाँ विकासले यो क्षेत्रमा नै नेपालको ठूलो प्रभाव फैलाएको छ । 

 भ्रमणले कनेक्टिभीटिमा पनि नयाँ प्रगति भएको छ । दुबै पक्षले बेल्ट एण्ड रोड इनिसिएटिभ्स तथा नेपालको ल्याण्ड लिंक स्टेटमा विकास गर्ने राष्ट्रिय नीतिमा समिकरण गर्न सहमति जुटाएको छ ।

यस्तै ट्रान्स हिमालयन मल्टीडाइमेन्सनल कनक्टिभीटि नेटवर्क जसमा बन्दरगाह, राजमार्ग, रेलमार्ग, हवाई र सञ्चार रहने त्यसको पनि निर्माण गर्ने सम्झौता भएको छ । 

बेल्ट एण्ड रोड इनिसिएटिभ्सले एसियाको राजनीतिक तथा आर्थिक वृतको डिस्कोर्समा प्रभाव जमाएको अवस्थामा यो परियोजनाको साझेदार बन्ने नेपालको निर्णयले दक्षिण एसियामा विकासको एउटा नयाँ संवाहक शक्ति जन्मिने सम्भावना औल्याएको छ ।

दशकौंदेखि भारतीय अर्थतन्त्रसँग बाँधिएको नेपालको अर्थतन्त्रले सीमापार व्यापार तथा लगानीमा विविधिकरणको सुरुवात गरेको छ । यद्यपी चीनसँगको सीमामा रहेको अविकसित पूर्वाधार दक्षिण एशिामा विकास गर्ने यो नयाँ अवसर प्रयोगका लागि वाधा बन्नसक्छ । 

यसकारण धेरै चुनौतीहरु रहेपनि चीनले ट्रान्स हिमालयन कनेक्टिभीटिलाई विकास गरेर दक्षिण एसियाली मुलुकहरुसँग आर्थिक कोरिडोर निर्माण गर्न प्रस्ताव गरिरहेको छ । यहीँ कनेक्टिभीटिका कारण नेपाल दक्षिणबाट उत्तरतिर पनि अग्रसर हुने प्रयासमा छ । 

बेल्ट एण्ड रोड इनिसिएटिभ्स अन्तर्गत प्रस्ताव गरिएका पूर्वाधार परियोजनामा सांघाईदेखि तिब्बतसम्मको रेलमार्गलाई रसुवागढीसँग जोड्ने योजना छ । यस्तै त्यसलाई पुनः काठमाडौंसँग जोड्ने र पछि लुम्बिनीसँग जोडिने छ ।

त्यो रेलमार्ग सिगात्से पुगिसकेको छ र आगामी २०२० सम्म त्यो केरुङ पुर्याउने कार्यतालिका छ । सीको भ्रमणको क्रममा दुई मुलुकले रेलमार्ग विस्तारको सम्भाव्यताको अध्ययनबारे सहमति गरेका छन् ।

भ्रमणको क्रममा सीले ट्रान्स हिमालयन राजमार्ग र ट्रान्स बोर्डर आर्थिक जोन निर्माण गर्ने चासो पनि देखाएका छन् । यसले नेपाल तथा स्वशासित क्षेत्र तिब्बतको आर्थिक विकासलाई सहयोग पुर्याउनेछ । 

यसअलावा चीनले नेपाललाई उसका समुद्री बन्दरगाह तियानजीन, सेन्जेन, लियानयुनगाङ र झानजियाङ लगायतका ठाउँहरुमा पहुँचको अनुमति दिएको छ । साथै लानझाउ, ल्हासा र सिगात्सेजस्ता क्षेत्रका सडक तथा रेलमार्गमा पनि तेस्रो मुलुक आयातका लागि प्रयोगको सुविधा दिएको छ । 

नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिदान्तलेमा आफूले विश्वास गर्ने बताए । उनले दुबै मुलुकले सफलतापूर्वक सीमा टुंगो लगाएको र विशाल हिमालहरुलाई दुई मुलुकको वास्तविक सम्बन्धको रुपमा स्थापित गरेको बताएका छन । 

नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको मिसनलाई पनि सीले समसर्थन गरेका छन् । भ्रमणमा स्वास्थ, शिक्षा, पूर्वाधार विकास, पर्यटन तथा लगानीमा सहकार्यलाई सम्बद्र्धन गर्ने सम्झौतामा हस्ताक्षर भएका छन् । 

चीन नेपालको यस अघिदेखि नै दोस्रो ठूलो व्यापार साझेदार हो । चीन नै नेपालको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को ठूलो स्रोत हो । जलविद्युत, सिमेन्ट, हर्बल मेडिसिन र पर्यटनमा चीनको लगानी रहेको छ । 

चीनले हाल नेपालको प्रति हप्ता ६० उडान र प्रति वर्ष तीन लाख पारस्परिक पर्यटकहरुमा आधारित पर्यटन विकासलाई समर्थन गर्ने बताएको छ । सीले नेपालको भ्रमण वर्षलाई सहयोग बाचा गरेका छन् । 

दुई मुलुकले हिमाली क्षेत्रमा मौसम परिवर्तनको प्रभावको अध्ययनका लागि सहार्यलाई बलियो बनाउने पनि सहमति गरेका छन् । 
सीको नेपाल भ्रमणले दुई देशबीचको मित्रवत् सम्बन्धलाई बलियो बनाएको मात्र छैन । यसले नेपालले आफ्नो विकासलाई बढाउन ट्रान्स हिमालयन कनेक्टिभीटिका लागि चीनसँग सहकार्य गर्ने पनि सुनिश्चित गरेको छ । 
 

हु बिलियाङ र सुरेश कुमार कर्ण, चाइना डेली 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');