कोभिडपछि नेपालको विकासका लागि लगानीका चार क्षेत्र, सुरज बैद्यको लेख 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन ५, साेमबार,१०:४८:AM  
कोभिडपछि नेपालको विकासका लागि लगानीका चार क्षेत्र, सुरज बैद्यको लेख 

कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारिरहेको छ । नेपालमा चार महिनादेखि र विश्वमा नौ महिनादेखि यसको असर परिरहेको छ । कोभिडको संक्रमणबाट जोगिने मुख्य उपाय भनेकै लकडाउन हो । तर, लकडाउनका कारण विश्वको अर्थतन्त्र नै धरासायी बनाएको छ । विस्तारै भाइरसको संक्रमण कम हुँदै गएको छ भने भ्याक्सिनहरु पनि तयार हुने अवस्थामा पुगेको खबरहरु आइरहेका छन् । 

अहिले भएका पर्यटकीय गन्तव्यहरु रारा ताल, च्छोरोल्पा हिमताल, खप्तड, डोल्पा, पाथिभाराजस्ता चर्चित ठाउँमा पर्यटकहरु गएपनि उनीहरु बस्ने कहाँ भन्ने समस्या छ । हामीसँग ठाउँ छ तर, बस्ने ठाउँ नभएपछि कसरी त्यहाँसम्म जान सक्छन् त ? ती क्षेत्रहरुमा सुविधा सम्पन्न होटलहरु सञ्चालनका लागि सरकारले जग्गा भाडामा उपलब्ध गराउनुपर्छ ।

चार महिनाभन्दा बढी समयदेखि पारेको प्रभावले विश्वसँगै नेपालको अर्थतन्त्र पनि डामाडोल बनाएको छ । अब, हामी हिजोकै दिनको अवस्थामा अगाडि बढ्न धेरै मुस्किल छ । कोभिडपछि आर्थिक गतिविधिलाई चलायमान कसरी बनाउने र पहिलाकै अवस्थामा पुग्न के के गर्न सकिन्छ भनेर विश्वका धेरै मुलुकहरुले होमवर्कहरु गरिरहेका छन् । विभिन्न पोलिसिहरु ल्याइरहेका छन् । निजी क्षेत्रलाई आवश्यक राहत र सुविधाहरु दिइरहेका छन् । तर, नेपालमा भने अहिलेसम्म त्यस किसिमको छलफल कुनै तहमा भएको पाइँदैन ।

अब, हामीले आफ्नो मुख्य पोलिसि नै परिवर्तन गर्न आवश्यक छ ।  हिजोको दिनमा हामीले सबैभन्दा बढी रेमिट्यान्समा फोकस गरेका थियौं ।  कोभिड– १९ ले आफ्नो मुलुक बनाएपछि मात्र अरुको मुलुक बनाउनु पर्ने रहेछ भन्ने गतिलो पाठ सिकाएको छ ।

अमेरिकामा पढ्न जाने विद्यार्थीहरुमा सबैभन्दा बढी चाइनिज र इण्डियनहरु रहेका छन् । त्यहाँ जाने विद्यार्थीहरु नेपालमा आउने वातावरण सिर्जना गर्नुपर्छ । अव हार्वर्ड, क्याम्ब्रीजलगायत विश्वका बेष्ट कलेजहरुलाई नेपालमा आउन दिनुपर्छ । उनीहरुलाई उनीहरुकै तरिकाबाट चल्न दिउँ, हामीलाई के नै फरक पर्छ र ? कमसेकम नेपालीका छोराछोरीहरु त यहीं पढ्न पाउँछन्, एउटा सुरुवात त हुन्छ ।

हामी अहिलेसम्म हरेक चिज विदेशबाट आयात गरिरहेका छौं । कोभिडले त्यसमा पनि स्वास्थ्यका लागि सचेत हुन आवश्यक छ भन्ने सिकाएको छ । जहाँबाट आएपनि स्वास्थ्यवर्धक छ कि छैन भन्ने सोच्न थालिएको छ ।

अहिले, पर्यटनपछि सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा पारेको छ । कति विद्यार्थीहरु नेपालमा छन् भने कति विदेशमा पढिरहेका छन् । उनीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । यदि नेपालमै गुणस्तरीय र व्यावसायिक शिक्षा पाउने अवस्था आएको भए उनीहरु विदेशमा जानुपर्ने अवस्था आउँदैन थियो होला ।

यति मात्र हैन, कोभिडले पब्लीक हेल्थमा पनि ठूलो प्रभाव पारेको छ । कोभिडले मलाई सिकाएको ४ वटा विषयको पाठ हो । कोभिडको महामारी भनेको एउटा घटना हो । यो घटनाबाट हामी निराश हैन, केही पाठ सिकेर उत्साहित हुनुपर्छ । त्यसैले सरकारको ध्यान भनेको अहिले भोगेका समस्याहरुलाई दीर्घकालीन रुपमा कसरी सम्बोधन गर्ने भन्नेतर्फ लाग्न आवश्यक छ ।

अब, हामीले आफ्नो मुख्य पोलिसि नै परिवर्तन गर्न आवश्यक छ ।  हिजोको दिनमा हामीले सबैभन्दा बढी रेमिट्यान्समा फोकस गरेका थियौं ।  कोभिड– १९ ले आफ्नो मुलुक बनाएपछि मात्र अरुको मुलुक बनाउनु पर्ने रहेछ भन्ने गतिलो पाठ सिकाएको छ ।

विदेशबाट फर्किएका युवाहरु र विदेश जान लागेकाहरुलाई रोक्नका लागि रोजगारी सिर्जना गर्न लगानी बढाउन आवश्यक छ । लगानी बढाउन सरकारको स्पष्ट धारणा आउनुपर्छ । यदि सरकारले नै रोजगारी बढाउन सक्छ भने निजी क्षेत्रका पनि सबै उद्योगहरु सरकारले नै चलाओस् हामी दिन तयार छौं ।

हैन भने सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउनु पर्छ । यस विषयमा सरकारले जति कुरा गरे पनि केही काम भएको छैन । यसको यथार्थ कहाँबाट देखिन्छ भने पछिल्लो समय सरकारले मात्र दुई वटा लगानी सम्मेलन भएको छ । लगानी सम्मेलन पछि नेपालमा लगानी गर्ने नेपाली र विदेशी लगानीकर्ताहरुले के पाए ? नीतिगत रुपमा केही परिवर्तन ल्याउन सकिएको छैन । अहिलेसम्म खाली राजनीतिक कुराकानीमै बढी व्यस्त भएको देखिन्छ ।

लगानी भित्र्याउनका लागि सरकारले मुख्य काम सबै उद्योगी व्यवसायीहरुसँग परामर्श गरी नयाँ लगानीको लागि आवश्यक नीति नियम ल्याउनुपर्छ । किनकि यो नेपालले मात्र हैन विश्वका धेरै मुलुकहरुले पोलिसिमा परिर्वतन गर्न थालेका छन् । छिमेकी मुलक भारतले पनि मेड इन इन्डिया भन्ने नारा अगाडि बढाएको छ । अमेरीकाले पनि सुरु गरिसकेको छ भने चाइनाले धेरै अगाडिबाट यो अभियान सुरु गरेको हो । अहिले धेरै मुलुकले यो अभियानलाई फ्लो गरिरहेका छन् ।

यति मात्र हैन, कोभिडले पब्लीक हेल्थमा पनि ठूलो प्रभाव पारेको छ । कोभिडले मलाई सिकाएको ४ वटा विषयको पाठ हो । कोभिडको महामारी भनेको एउटा घटना हो । यो घटनाबाट हामी निराश हैन, केही पाठ सिकेर उत्साहित हुनुपर्छ । त्यसैले सरकारको ध्यान भनेको अहिले भोगेका समस्याहरुलाई दीर्घकालीन रुपमा कसरी सम्बोधन गर्ने भन्नेतर्फ लाग्न आवश्यक छ ।

नेपालमात्र यस्तो देश हो जहाँ मेड इन नेपालका लागि केही गरेको पाइँदैन । नारा त धेरै राम्रो छ, भाषण पनि धेरै राम्रो सुन्न पाइन्छ कि नेपालमा भोलि बिहान उठ्दा विकासको ज्वारभाटा नै फुट्लाजस्तो । तर, पोलिसिमा अहिलेसम्म केहि परिवर्तन हुन सकेको छैन । अहिलेकै पोलिसिअनुसार नयाँ लगानी भित्रिने सम्भावना न्यून छ र यहाँ भएका उद्योगहरुसमेत समस्यामा पर्ने अवस्था देखिन्छ ।

सरकारले अहिले ध्यान दिनुपर्ने मुख्य चार वटा विषयहरु छन् । ती विषयहरुलाई गम्भीर भएर लाग्ने हो भने नेपाल समृद्ध हुन र नयाँ लगानी भित्रिन सक्छ । 

कृषिमा पब्लिक पार्टनरसिप

अहिले सरकारले सिमरामा गार्मेन्ट एक्सपोर्टका लागि सिमरामा हजारौं विघा जमिन अधिग्रहण गरिराखेको छ । त्यो जग्गा अहिलेसम्म त्यतिकै खाली रहेको छ । अहिलेसम्म त्यो ठाउँलाई प्रयोगमा ल्याउन सकिएको छैन । अहिले कोभिड – १९ ले हामीलाई सिकाएको मुख्य पाठ भनेको पहिला खाना हुनुप¥यो त्यसपछि सबै चिज हुन्छ भन्ने छ ।

त्यसका लागि नेपालले सबैभन्दा पहिला एग्रिकल्चर प्रोसेसिङ जोन (कृषि प्रशोधन केन्द्र ) स्थापनाका लागि सेज जस्तै नयाँ ठाउँ बनाउन आवश्यक छ । यदि सरकारले त्यस्तो ठाउँ उपलब्ध गराउन सकेमा निजी क्षेत्रले कृषि प्रशोधन केन्द्र खडा गर्छन्, किसानले उत्पादन गरेको वस्तु प्रशोधन गरेर बजारमा पठाउँछन् । अहिले जग्गा किनेर कृषि प्रशोधन केन्द्र वा कृषिमा लगानी गर्छु भन्यो भने त्यो मुर्खता मात्र हुन्छ । किनकि अहिले जग्गाको मूल्य कहाँबाट कहाँ पुगिसकेको छ ।

अहिले जे/जति उत्पादन भएका छन् ती सबै जोखिम मोलेर कृषकहरुले उत्पादन गरिरहेका छन् । सिजनल रुपमा उत्पादन हुने तरकारीहरु तत्कालै बिक्री हुन सकेन भने बिग्रन्छ र किसानको लगानी त्यतिकै खेर गइरहेको छ । नेपालमा कुनै व्यवस्थित प्रशोधन केन्द्र नभएकै कारण वर्षौदेखि किसानहरुले घाटा व्यहोर्दै आइरहेका छन् । एकातिर नेपालका किसानहरु घाटामा गइरहने र वार्षिक अर्बौ रुपैयाँको तरकारी भारतबाट आइरहेको तितो यथार्थ छ । अब यसलाई रोक्न आवश्यक छ ।

निजी क्षेत्रले सरकारसँग कुनै राहत मागेको छैन । मात्र, औद्योगिक क्षेत्रका लागि जस्तै एग्रिकल्चर जोन बनाएर जग्गा उपलब्ध गराइदियोस् र त्यो जग्गामा निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरी सार्वजनिक–निजी–साझेदारीमा नयाँ कृषिका उद्योगहरु खोलौं । यदि यो गरिएन भने अहिले भैरहवाको सेजजस्तै हुन्छ । त्यहाँ वर्षौदेखि खुला गरे पनि अहिलेसम्म उद्योग कलकारखानाहरु सञ्चालनमा आउन सकेका छैनन् ।  

कृषिजन्य उद्योगलाई पब्लिक पार्टनरसिपमा लैजान सकियो भने विदेशबाट कृषि उपजहरु ल्याउनु पर्दैन । अहिले वास्तवमा गहिरिएर हेर्ने हो भने नेपालमा उत्पादन भएका सामानहरु भारतमा गएर प्रशोधन भएर भारतीय सामानको रुपमा नेपालमा भित्रिने गरेको छ । हामी त्यही सामानलाई यहाँ किनिरहेका छौं । यस्तो किन भयो भन्दा हामीसँग आवश्यकताअनुसार प्रशोधन केन्द्र नै छैन ।

हुन त अहिलेको बजेटमा कृषि क्षेत्रलाई धेरै नै प्राथमिकतामा राखेको पाइन्छ, मौद्रिक नीतिले पनि कृषिलाई सम्बोधन गरको छ तर, कसरी अगाडि बढ्ने भन्ने स्पष्ट धारणा आएको देखिँदैन । कृषिको नाममा पैसा बाँड्दैमा केहि हुने वाला छैन । म आफै उद्योग वाणिज्य महासघंको अध्यक्ष हुँदा पनि स्वरोजगारका लागि पैसा बाँडेको थियो, तर केहि उपलब्धि भएन । त्यसैले अब सरकारले विशेष योजनाका साथ कृषि पेशालाई व्यावसायिकतामा लैजान सके लाखौंलाई रोजगारी सिर्जना गर्न सकिन्छ ।

शिक्षामा अन्तर्राष्ट्रिय लगानी 

जबसम्म सिपयुक्त जनशक्तिलाई नेपालमै रोजगारी दिन सक्दैनौं, हामीले विकासको फड्को मार्न सक्दैनौं । यही रोजगारी दिन सक्छौं भन्ने अवस्था नआएसम्म यहाँको विकास असम्भवजस्तै हो । अहिले धेरै हल्लाहरु सुनिन्छ कि नेपाल डिजिटल इकोनोमीमा अगाडि बढ्नुपर्छ । तर, त्यसका लागि आवश्यक जनशक्तिहरु नेपालमा छन त ? त्यसको क्षमता हामीसँग छ त ? यो विषयमा पनि सोच्न आवश्यक छ ।

कोभिडको कारण अमेरिकामा विदेशी विद्यार्थीहरुबाट आउने ४० विलियन डलर नोक्सान भएको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाजस्तो धनी मुलक नै विदेशी विद्यार्थीहरुलाई आम्दानीको प्रमुख स्रोत बनाइरहेको छ भने नेपालले त्यसको अवसर किन नलिने ? 

बोलेर मात्र हुँदैन नि । त्यसका लागि आवश्यक जनशक्ति तयार त बनाउनु प¥यो नि । अहिले नेपालबाट जुन आधारमा विद्यार्थीहरु पढ्नका लागि विदेशमा गइरहेका छन् । वार्षिक कति विद्यार्थीहरु पढ्नका लागि विदेशमा गएकाहरुको सहि तथ्यांक कुनै पनि निकायहरुसँग छैन । अध्ययनका नाममा कति रकम विदेशमा गइरहेको छ भन्ने यकीन पनि छैन । अब हामीले विद्यार्थी जान र रकम बाहिरिन रोक्न सक्नुपर्छ । 

ब्रिटिसहरु भारतमा आउँदा सबै स्कुलहरु पहाडमा खोलिएको छ । जहाँको वातावरण स्वच्छ, शान्त र सुन्दर हुन्छ । विशेष गरेर दार्जलिङ क्षेत्रमा धेरै स्कुलहरु खोलिएको पाइन्छ । त्यस्तै नेपालमा पनि त्यही किसिमको हावापानी र वातावरण छ । यहाँको जस्तो वातावरण विश्वका कुनै पनि मुलुकमा पाउन सकिँदैन । त्यसैले अब हाम्रो पहाडी क्षेत्रमा पनि विभिन्न विद्यालयहरु, कलेजहरु र विश्व विद्यालय खोल्नका लागि सरकारले आवश्यक वातावरण बनाउन आवश्यक छ  । यो सँगै विश्वबजारमा चलेका विभिन्न मापदण्डहरु र प्रविधिहरुलाई नेपालले छिटोभन्दा छिटो स्वीकार गर्नुपर्छ । सबै नेपालीमै हुनुपर्छ भन्न्ने मान्यता राख्ने हो भने हाम्रो विकास हुन सक्दैन । शिक्षामा लगानी गर्न र लगानी भित्र्याउनका लागि अहिले मौका छ । यो मौकालाई सरकारलाई छोप्न सक्नुपर्छ ।

कोभिडको कारण अमेरिकामा विदेशी विद्यार्थीहरुबाट आउने ४० विलियन डलर नोक्सान भएको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाजस्तो धनी मुलक नै विदेशी विद्यार्थीहरुलाई आम्दानीको प्रमुख स्रोत बनाइरहेको छ भने नेपालले त्यसको अवसर किन नलिने ? 

अमेरिकामा पढ्न जाने विद्यार्थीहरुमा सबैभन्दा बढी चाइनिज र इण्डियनहरु रहेका छन् । त्यहाँ जाने विद्यार्थीहरु नेपालमा आउने वातावरण सिर्जना गर्नुपर्छ । अव हार्वर्ड, क्याम्ब्रीजलगायत विश्वका बेष्ट कलेजहरुलाई नेपालमा आउन दिनुपर्छ । उनीहरुलाई उनीहरुकै तरिकाबाट चल्न दिउँ, हामीलाई के नै फरक पर्छ र ? कमसेकम नेपालीका छोराछोरीहरु त यहीं पढ्न पाउँछन्, एउटा सुरुवात त हुन्छ ।

अहिलेको सन्दर्भमा नेपालमा आउनका लागि अन्तर्राष्ट्रिय स्कुलहरुलाई आह्वान गर्नुपर्छ । स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार र वातावरण दिन तयार छौं भन्ने सन्देश विश्वमाझ दिन आवश्यक छ । त्यतिमात्र हैन प्रतिष्ठित विद्यालयहरुको शाखा सञ्चालनका लागि आउनेहरु र शिक्षकहरुलाई भिसालाई निशुल्क दिने अफरहरु पनि अगाडि बढाउन सक्छौं नि ।

सर्वसुलभ स्वास्थ्य

कोभिडको प्रभावपछि अहिले स्वास्थ्यमा सरकारले धेरै लगानी गर्न लागिरहेको देखिन्छ । बजेटमा पनि स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको पाइन्छ । तर, अहिले भनेको जति सबै सरकारले गर्न सक्छ होला त भन्ने आशंका उत्पन्न हुन थालेको छ । कार्यान्वयनलाई बलियो बनाउनका लागी पब्लीक पार्टरसिपमा कसरी लैजाने भन्नेतर्फ सरकारको ध्यान जान आवश्यक छ ।

पर्यटनलाई केहि नयाँ बनाउने सोचका साथ भ्रमण वर्ष २०२० मा केहि नयाँ काम गर्न खोजिरहेका थियौं । अहिले नेपालको पर्यटनभन्दा सगरमाथा, लुम्बिनी, भक्तपुर काठमाडौंमा मात्र सीमित भएको छ । तर, पर्यटनले साँच्चि नै जनतालाई पनि छुने हो भने त्यहाँ ठूलो परिवर्तन गर्न आवश्यक छ । नेपालमा सम्भावनाहरु प्रशस्त छन्, तर त्यसलाई हामीले सदुपयोग गर्न सकेका छैनौं ।

सरकार र समुदाय दुवैको अपनत्व हुने गरी काम भएमात्र त्यो प्रभावकारी हुन सक्छ । न्याय हेल्थले अहिले दोलखा र अछाममा पब्लिक पार्टरसिपको अवधारणामा अस्पताल सञ्चालन गरिरहेको छ । जहाँ सबै सेवा निशुल्क पाइन्छ । सरकारी अस्पतालहरुभन्दा ती दुई जिल्लामा रहेका अस्पतालबाट राम्रो सुविधा पाएको दावाको साथ भन्न सक्छु । त्यसैले अस्पतालहरुलाई पब्लिक पार्टनरसिपको अवधारणामा अगाडि बढाउनुपर्छ । अस्पताल चलाउनका लागि भौतिक पूर्वाधारहरु मात्र भएर हुँदैन, त्यसका लागि दक्ष व्यवस्थापनको खाँचो हुन्छ । 

पर्यटनमा नयाँ गन्तव्य, नयाँ प्रडक्ट 

पर्यटनलाई केहि नयाँ बनाउने सोचका साथ भ्रमण वर्ष २०२० मा केहि नयाँ काम गर्न खोजिरहेका थियौं । अहिले नेपालको पर्यटनभन्दा सगरमाथा, लुम्बिनी, भक्तपुर काठमाडौंमा मात्र सीमित भएको छ । तर, पर्यटनले साँच्चि नै जनतालाई पनि छुने हो भने त्यहाँ ठूलो परिवर्तन गर्न आवश्यक छ । नेपालमा सम्भावनाहरु प्रशस्त छन्, तर त्यसलाई हामीले सदुपयोग गर्न सकेका छैनौं ।

भ्रमण वर्षकै कार्यक्रमको तालिका अनुसार गोक्यो लेकमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । अहिले त्यसको प्रभाव विश्व पर्यटनमा राम्रो परेको छ ,अहिले नेपालमा स्की खेल्न आउन इच्छुकहरु बढिरहेका छन् । त्यस्तै कालिकण्डीको खोजमा साइक्लिङ गर्न खोजेका थियौं । तर, कोभिडको कारण प्रभावित भयो । यो संसारकै सबैभन्दा गहिरो खोंज हो त्यसैले यसलाई दिपेश गजको नाम दिएका थियौं । 

अब, हामीले आफ्नो मुख्य पोलिसि नै परिवर्तन गर्न आवश्यक छ ।  हिजोको दिनमा हामीले सबैभन्दा बढी रेमिट्यान्समा फोकस गरेका थियौं ।  कोभिड– १९ ले आफ्नो मुलुक बनाएपछि मात्र अरुको मुलुक बनाउनु पर्ने रहेछ भन्ने गतिलो पाठ सिकाएको छ ।

त्यसैले पर्यटन क्षेत्रमा पनि नयाँ गन्तव्यहरुको पहिचान गरी विश्वबजारमा आवश्यक प्रचार प्रसार गर्न जरुरत छ । जसको लागी प्रशस्त अध्ययन अनुसन्धान भइसकेको छ । अहिले प्रदेशहरु बनेको छ, स्थानीय जनताको अधिकार छ । यो बेला स्थानीय जनता र प्रदेशसँग मिलेर आफ्नो क्षेत्रको गन्तव्य निर्माणका लागि हात अगाडि बढाउने बेला भएको छ । 

अहिले भएका पर्यटकीय गन्तव्यहरु रारा ताल, च्छोरोल्पा हिमताल, खप्तड, डोल्पा, पाथिभाराजस्ता चर्चित ठाउँमा पर्यटकहरु गएपनि उनीहरु बस्ने कहाँ भन्ने समस्या छ । हामीसँग ठाउँ छ तर, बस्ने ठाउँ नभएपछि कसरी त्यहाँसम्म जान सक्छन् त ? ती क्षेत्रहरुमा सुविधा सम्पन्न होटलहरु सञ्चालनका लागि सरकारले जग्गा भाडामा उपलब्ध गराउनुपर्छ ।

कोभिडपछि पर्यटकको रुचि र चाहना परिवर्तन हुन्छ । भिडभाडको गन्तव्यभन्दा सुनसान र प्राकृतिक सुन्दरताको ठाउँमा जान खोज्छन् । यस्तो गन्तव्य हामीकहाँ धेरै छ । त्यसैले यस्ता गन्तव्यमा लगानी बढाउनुपर्छ । 

चार महिनाभन्दा बढी समयदेखि पारेको प्रभावले विश्वसँगै नेपालको अर्थतन्त्र पनि डामाडोल बनाएको छ । अब, हामी हिजोकै दिनको अवस्थामा अगाडि बढ्न धेरै मुस्किल छ । कोभिडपछि आर्थिक गतिविधिलाई चलायमान कसरी बनाउने र पहिलाकै अवस्थामा पुग्न के के गर्न सकिन्छ भनेर विश्वका धेरै मुलुकहरुले होमवर्कहरु गरिरहेका छन् ।

हिजोको दिनसम्म सिंहदरबारले कन्ट्रोल गथ्र्यो भने अहिले त प्रदेश र स्थानीय तह छ । त्यसले अब आफ्नो प्रदेशमा पर्यटकीय गतिविधि बढाउन प्रदेश सरकार तातिनुपर्ने बेला आएको छ । 

अहिले हाइड्रोपावरमा लगानी किन बढ्यो भन्दा हाइड्रोपावरलाई मात्र लक्षित गरी लगानी सम्मेलनहरु गरिएको थियो । त्यस्तै अहिले समय आएको छ कि पर्यटनमा लगानी बढाउन पर्यटनको लागि मात्र लगानी सम्मेलन गर्न आवश्यक छ । सात वटा प्रदेशले एक प्रदेशमा पहिलो चरणमा २÷३ वटा परियोजनाको लागि मात्र लगानी आव्हान गरौं । यो आधारमा हामी अगाडि बढ्न सकेमात्र पर्यटनमा आमुल परिवर्तन आउन सक्छ ।

बैद्य नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top