काठमाडौं । स्वदेशी उत्पादनलाई निरुत्साहित बनाउने गरी अर्थमन्त्री डा. युवराज खतिवडाले आयातीत वस्तुको भन्सार घटाएपछि उनको नियतमाथि प्रश्न उब्जिएको छ ।
अर्थमन्त्री डा. खतिवडाले गहुँको भन्सार बढाएर मैदाको भन्सार महशुल सरह बनाउनु, मसलाको भन्सार मूल्य घटाउनु, टफन ग्लास र कच्चा ग्लासको भन्सार मूल्य बराबर बनाउनु, विस्कुट, चक्लेटको भन्सार दर घटाउनु, नेपालमै बन्ने जुत्ताको सोललाई अझै पनि कच्चा वस्तु सरह मान्यता दिएर भन्सार कम बनाउनुले अर्थमन्त्री खतिवडाको नियतमाथि प्रश्न उब्जिएको उद्योगीले बताएका छन् ।
‘स्वदेशी उद्योगप्रति सरकारको बोली र ब्यवहार फरक देखिएको छ,’ शारडा ग्रुपका अध्यक्ष शिवरतन शारदाले भने, ‘सरकारले जे बोल्छ, त्यो गर्दैन । त्यसले गर्दा स्वदेशी उद्योग संकटमा पर्ने देखिएको बताए ।

सरकारले चालू आवको बजेटमा नेपालमा बन्ने धेरै वस्तुको भन्सार घटाएका छन् । ‘जबकि, स्वदेशमा बन्ने वस्तुलाई थप प्रोत्साहन दिन आयातीत वस्तुको भन्सार मूल्य घटाउनुपर्ने हो,’ शारदाले भने, ‘तर, यहाँ उल्टो भएको छ । जुन वस्तुमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । त्यस्ता वस्तुको भन्सार बढाउनुको साटो घटाइएको छ ।’
त्यसैगरी, चैत ११ गतेको लकडाउनपछि स्वदेशी उद्योगीले नेपालमै व्यक्तिगत सुरक्षा कवच (पीपीई) बनाउन थालेपछि अर्थमन्त्री डा. खतिवडाले त्यस्ता वस्तुको आयातमा भन्सार घटाइदिएका छन् । विराटनगरमा रहेको प्रगति टेक्सटाइलले पीपीई बनाउने मेसिन लगाइसकेको छ ।
बजेट कुन प्रकारको आउँछ, त्यही अनुसार पीपीई बनाउने कि नबनाउने भन्नेमा प्रगतिका लगानीकर्ता थिए । तर, खतिवडाले पीपीईको भन्सार घटाएपछि उनले पीपीई बनाउने कामलाई स्थगित गरेका छन् । त्यसैगरी, आइएमएस ग्रुपले पनि पीपीई बनाउन थालिसकेको छ ।
धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले स्वदेशमै उत्पादन गर्नका लागि प्रोत्साहन गर्नुपर्ने सरकारले भटाभट त्यस्ता वस्तुको भन्सार घटाएको छ । ‘सरकारले जुन जुन मेडिकल सामग्रीमा भन्सार घटाएको छ, ती सबै नेपालमा बनाउन थालिएको थियो,’ गोल्यानले भने, ‘तर, सरकारले अहिले भन्सार घटाइदिएपछि ती उद्योग संकटमा पर्ने अवस्था आयो ।’

उद्योगीका अनुसार देशभित्रै जुत्तारचप्पलको सोल बन्न थालिसक्दा पनि सरकारले त्यस्ता वस्तुलाई कच्चा पदार्थको सूचीमा राखेर सस्तो भन्सारदरमा आयात गर्न दिइरहेको छ ।
नेपालमा बनेको सोल भारतसहित विभिन्न देशमा निर्यात हुन थालिसकेको छ । ‘तर, पनि सरकारले त्यसलाई कच्चा वस्तुको सूचीमा राखेर आयात गर्न दिएपछि स्वदेशमा भएको उद्योग कसरी फस्टाउँछ ?’ उद्योगी राजेश अग्रवालले भने, ‘नेपालका लागि सोल तयारी वस्तु हो । किनभने सोल नेपालमै बन्छ । सोल बन्नका लागि चाहिने वस्तु मात्रै कच्चा पदार्थ हुन् । त्यस्ता वस्तु आयातमा भन्सार सस्तो लगाउनुपर्छ ।’
स्वदेशी सोल (तलुवा) उत्पादकहरू न्यून मूल्यको आयातले मर्का
उद्योगी राजेश अग्रवालका अनुसार पीयू सोल देशभित्र बन्न थालेको छ । नेपालबाट मासिक रुपमा ६० हजार जोर पीयू सोल भारत निकासी समेत भइरहेको छ । नेपालमै उत्पादन हुने सोल उद्योगलाई संरक्षण गर्न सरकारले सोलको भन्सार मूल्याङ्कन बढाउनु पर्ने र भन्सार दर पनि वृद्धि गर्नुपर्ने जुत्ता उद्योगीको माग छ ।

‘देशमै सोल उत्पादन हुन थालेपछि भारतबाट सस्तो दरमा सोल ल्याउन दिन आवश्यक छैन्,’ जुत्ता उद्योगी समेत रहेका अग्रवालले भने, ‘यदि सरकारले सोलको भन्सार बढाएमा देशभित्र नयाँ नयाँ सोल उत्पादन गर्ने उद्योग लाग्न सक्छन् ।’
अहिले सरकारले सोलको आयातलाई जुत्ता उद्योगको कच्चा पदार्थको रुपमा हेरियो र भन्सार मूल्याङ्कन पनि कच्चा पदार्थ सरह १० प्रतिशतमा सीमित गर्दा देशभित्र रहेको सोल उद्योग गम्भीर समस्या परेको छ ।
जुत्ता उद्योगीका अनुसार सोलको आयातलाई जुत्ता आयात सरह ३० प्रतिशत भन्सार लगाउनुपर्ने र प्रतिजाेर ५० रुपैयाँ न्यूनतम मूल्याङ्कन गर्नुपर्ने उनीहरुको माग छ । यसले सरकारको राजस्व पनि बढ्ने उद्योगीको विश्वास छ ।
स्वदेशमा टफन ग्लास उद्योग चलाइरहेका उद्योगीका अनुसार अहिले पनि सरकारले कच्चा ग्लास र टफन ग्लासको भन्सार दर समान राखेको छ । टफन ग्लास भनेको तयारी वस्तु हो । त्यसको पनि ३० प्रतिशत भन्सार कच्चा ग्लास ल्याउँदा पनि ३० प्रतिशत भन्सार । ३० प्रतिशत भन्सार तिरेपछि किन कच्चा ग्लास ल्याउने ?
सरकारले बजेटमार्फत आत्मनिर्भर भएका वस्तुको भन्सार घटाएपछि त्यस्ता उत्पादनमा देश पुन परनिर्भर हुने अवस्था आएको उद्योगी शशिकान्त अग्रवाल बताउँछन् । धागो उत्पादनमा समेत संग्लन रहेका अग्रवालका अनुसार सरकारको बोली र व्यवहारमा भिन्नता रहेको बताए ।

उद्योगीका अनुसार सरकारले गहुँको भन्सार ५ प्रतिशतबाट बढाएर ९ प्रतिशत पुर्याएको छ । ‘मैदाको भन्सार पनि ९ प्रतिशत नै रहेको छ । ९ प्रतिशत भन्सार तिरेर गहुँ ल्याएर बनाएको मैदाले ९ प्रतिशतमा विदेशबाट आउने मैदासँग कसरी प्रतिस्पर्धा गर्ने ? खाद्य उद्योगमा समेत पायोनियर शारडा ग्रुपका अध्यक्ष शारदाले भने, ‘अहिले अधिकांश उद्योगले स्वदेशी मैदा महँगो भएकाले भारतबाट झिकाउन थालेका छन् ।’
आत्मनिर्भर उद्योगलाई अर्थमन्त्री खतिवडाले परनिर्भर बनाइदिए, भारतबाट आउन थाल्यो मैदा
अझै जुत्तारचप्पलमा न्यून विजकीकरणको बिगबिगी, नाम चलेकै व्यापारीको संग्लनता
कर्मचारीकै मिलेमतोमा छलिन्छ टफन ग्लासको भन्सारः तिर्नुपर्ने ३०, भित्रिन्छन् १५ प्रतिशतमै
नीतिगत भष्ट्राचारको नमुनाः पाउरोटी, साबुन र मसलाको घट्यो भन्सार
अर्थमन्त्रीज्यू बोलेर मात्रै स्वदेशी उद्योगको संरक्षण हुँदैन, यस्ता वास्तविकतालाई सच्याउँ
अर्थमन्त्री खतिवडाको त्यो गलत निर्णय, जसबाट आधा दर्जन उद्योग संकटमा