काठमाडौं। नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स ग्रुपले भ्यान बिक्रीमा आक्रामक सुरुवात गरेको छ।भित्र्याइएका १४ सिटे विद्युतीय भ्यानमा सुरूमै व्यवसायीको आकर्षण बढेको कम्पनीकाे दाबी छ।
नेपालको सडक अवस्था तथा सेवाग्राहीको आवश्यकतालाई लक्षित गर्दै लामो समयको अध्ययनपछि जुबाओ विद्युतीय भ्यान भित्र्याएको आर्क्स ग्रुपले पहिलो पटक १८ वटा भ्यान एउटै कम्पनीलाई हस्तान्तरण गरेको छ।
आर्क्स ग्रुपले राजधानीमा कार्यक्रम आयोजना गरी स्वयम्भू हारती टुर्स एन्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको हो। स्वयम्भू हारतीले यी भ्यान काठमाडौंबाट चितवन, हेटौंडा, वीरगन्जलगायत स्थानमा सार्वजनिक यातायातका रुपमा सञ्चालन गर्नेछ।
जुबाओ ईभी थ्यान चीनको एफएडब्लू जिलिन कम्पनीद्वारा उत्पादित अत्याधुनिक इलेक्ट्रिक गाडी हो। जुबाओ विद्युतीय भ्यान विशेषगरी समूह यात्रा, सटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको जनाइएको छ।
नेपालमा पनि जुबाओ भ्यान विभिन्न सहरमा आफैं सञ्चालन गरेर यसको क्षमता हेरी किन्ने निष्कर्षमा पुगेको स्वयम्भू हारतीका सञ्चालकले बताएका छन्।
गाडीले वातावरणमैत्री र न्यून सञ्चालन खर्चका साथ यात्रामा आरामदायक सुविधा दिने तथा हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको कम्पनीको दाबी छ।
आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जुबाओ इभी भ्यान हाल ११ र १४ सिटमा उपलब्ध रहेको र नेपालको सडकको अवस्था, चार्जिङ स्टेसन तथा सेवाग्राहीको सुविधालगायत पक्षलाई अध्ययन गरी सुलभ मूल्यमा उपलब्ध गराइएको जानकारी दिए।
जुबाओ इभी भ्यान काठमाडौं उपत्यकासँगै धनगढी, नेपालगन्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र बिर्तामोडमा पनि बिक्री गरिने र सर्भिसलगायत पार्टस् ती क्षेत्रमा सहज रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।