×

दिगो बैंकिङमार्फत नबिल बैंक दुर्गममै उद्यमी जन्माउने दिशामा छ   

images

कुनै पनि विदेशी संस्थाको प्रत्यक्ष सम्बन्ध बिना विशुद्ध नेपाली व्यवस्थापनमा आज नबिल जसरी आफूलाई ‘हायस्ट डिग्री अफ कर्पाेरेट गभर्नेन्स’ र व्यावसायिक रूपमा सञ्चालन गर्यो, शुद्ध मेरिटमा आधारित बैंकिङ बिजनेस गर्ने नबिलको सोचलाई जनताले जुनरुपमा पत्यायो, त्यो आधारमा हेर्दा नबिलको अझै धेरै जिम्मेवारीहरु बढेको छ । 

नबिल एउटा अग्रणी संस्था वा बैंक मात्र नभएर परिवर्तनको बाहक हुनुपर्छ । यो समय परिवर्तन ल्याउने कसरी भने यहाँ रगतमा जोश, केही गर्ने जुनुन, सीप भएका, सूचना सञ्चारमा पहुँच भएका युवाहरुको चाहनालाई नबिलले के कसरी सम्बोधन गर्ने हो ताकी यो उद्यमशीलताको आकार र औकात चाहिँ ठूलो होस् । नबिलको त्यो एउटा ठूलो जिम्मेवारी हो जस्तो लाग्छ । 

हुन त यो सर्टिफिकेटको आधारमा ऋण दिनेदेखि सहुुलियतपूर्ण ऋणदेखि, स्वरोजगार कार्यक्रम विभिन्न प्रकारका घोषणा सरकारले गर्यो । विभिन्न संस्था तथा फाउण्डेसनले पनि गरिरहेका होलान् । हामी आफैंले पनि नेपाल सोसल बिजनेस चौधरी फाउण्डेसनले गरिरहेको छ ।  आज म आफैं संयोजक भएको गरिखाने भन्ने अभियानको लक्ष्य पनि त्यहीँ छ  ।

तर, त्यसले गर्न सक्ने र पुर्याउन सक्ने प्रभावको दायरा भने सीमित हुन्छ । नबिल भनेको एउटा संस्था हो १३५ वटा त उसका शाखाहरु मात्र छन् भोलिका दिनमा ढिलो चाँडो अझ अन्य मर्जर वा एक्युजिसनमा गयो भने यो अझ ठूलो हुनेवाला छ । तब यो अपुरो भएको युवाहरुको चाहनालाई कसरी सम्बोधन वा पूरा गर्ने त्यो मेरो चाहना हो । 

कुन चाहिँ ब्राण्डलाई जनताले मन पराउने र त्यसलाई पेट्रोलाइज गर्ने हो । अहिलेको दुनियाँ यस्तो भैसक्यो । जनताका लागि के प्रभाव पारेको छ भन्ने हो । त्यो ब्राण्डले मान्छेको जीवनमा के फरक ल्याएको, सेल्फलेसननेस म्यानरमा, व्यवसाय त जसले पनि गर्छ, तर यसरी प्रभाव ल्याएको खण्डमा मात्र उसको ब्राण्डको शक्ति निर्धारण हुन्छ । अब नबिलले यस्तो भूमिका खेल्नुपर्छ । 

नबिल एउटा अग्रणी संस्था वा बैंक मात्र नभएर परिवर्तनको बाहक हुनुपर्छ । यो समय परिवर्तन ल्याउने कसरी भने यहाँ रगतमा जोश, केही गर्ने जुनुन, सीप भएका, सूचना सञ्चारमा पहुँच भएका युवाहरुको चाहनालाई नबिलले के कसरी सम्बोधन गर्ने हो ताकी यो उद्यमशीलताको आकार र औकात चाहिँ ठूलो होस् । नबिलको त्यो एउटा ठूलो जिम्मेवारी हो जस्तो लाग्छ । 

टाटा, बिल गेट्स मेलिण्डाको शक्तिको कुरा गर्नुहोस् । यस्ता ब्राण्ड हुन जसले समाज परिवर्तनमा ठूलो भूमिका खेलिरहेका छन् । यस्तो विषयमा म कुनै लगुताभाषबिना म चौधरी गु्रपको पनि कुरा गर्छु । 

कर्पाेरेट तथा ठूला पूर्वाधारका लागि नबिल लिड बैंक भनेर बुझिन्छ । नबिलले अब आफूलाई कुनै कर्पाेरेट इलिट वर्गको बैंक होइन जनताको बैंकका रूपमा आफूलाई स्थापित गराउनुपर्नेछ । 

त्यसैका लागि नबिल दिगो बैकिङ हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरुलाई वित्तीय पहु“च प्रदान गरेर मुलुकको दुर्गम स्थानहरु उद्यमशीलता प्रवद्र्धन गर्नु हो । 

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरुस“ग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघु–उद्यम सिर्जना गर्नको निमित्त सुविधाहरु प्रदान गर्ने सोच नबिलले लिएको छ । 

अब नबिल बैंकले केही गरौं भन्ने कुनै किसिमको सोच भएका युवाहरुलाई क्यापिटलबाट त्यो आइडियालाई परियोजनामा प्रतिस्थापन गर्ने दृष्टिकोण लिनुपर्छ, र त्यसरी नै अगाडि बढिरहेको छ । युवाहरुले काम गर्दा सामना गर्ने अप्ठ्याराहरुमा सहयोगी हात बनिदिनुपर्छ ताकी उसले अवसरबाट बिमुख हुन नपरोस् ।

उद्यमीहरु गर्भबाटै जन्मन्छन् भन्ने म मान्छु । तर, हरेक उद्यमीलाई पनि बाहिर एउटा सहयोगी र अनुकूल वातावरण भने चाहिन्छ र त्यहीँ ‘इनेबलिङ’ वातावरण बनाउनका लागि नबिलले त्यसलाई सोसल आन्टप्रिनियरको नाम दिएको छ । 

अवसर नपाएका, पछाडि पारिएका, पूर्वाधार र लजिस्टिक्सको अभाव भएका, भौगोलिक रूपमा दुर्गम ठाउँहरुबाट आएकाहरुको यात्रा त निकै कठिन हुन्छ । त्यस्ता मान्छेहरुलाई एउटा सोसल आन्टप्रिनियरमा स्थापित गराउन विश्वभर चिरपरिचित शक्तिशाली स्थापित ‘प्राइस बटर हाउस’ जस्ता संस्था छन् ।

जसको काम भनेकै एउटा कर्पाेरेट क्षेत्रलाई एउटा गर्र्भनेन्सको र व्यवस्थित रोडम्यापमा उभ्याएर एउटा मर्यादित संस्थाका रूपमा उभ्याउने काम उनीहरुले लाइफलङ आफू डेडिकेट गरेका छन् । उनीहरुले ग्लोबल्ली स्कुल फर सोसल आन्टप्रिनियर्स खोलेका छन् । त्यसको उपस्थिति भारतमा पनि छ । 

हामीले उसलाई सहयात्रीका रूपमा ल्याएर सातै प्रदेशमा स्थापित भएर बसेका म्यानेजमेन्ट स्कुलहरुमा भिन्दै ‘नबिल स्कुल फर सोसल आन्टप्रिनियरसिप’ भनी भिन्दै विंग खोलेर त्यसलाई पूर्णरूपमा सपोर्ट गरेर पाठ्यक्रम विकास गरेर, वित्तीय सहयोग गरेर एउटा सही सोच, विचार र क्षमता भएका मानिसहरुलाई उद्यमी बनाउने हो । 

हामीले उसलाई सहयात्रीका रूपमा ल्याएर सातै प्रदेशमा स्थापित भएर बसेका म्यानेजमेन्ट स्कुलहरुमा भिन्दै ‘नबिल स्कुल फर सोसल आन्टप्रिनियरसिप’ भनी भिन्दै विंग खोलेर त्यसलाई पूर्णरूपमा सपोर्ट गरेर पाठ्यक्रम विकास गरेर, वित्तीय सहयोग गरेर एउटा सही सोच, विचार र क्षमता भएका मानिसहरुलाई उद्यमी बनाउने हो । 

यसरी बनाएको त्यो प्लेटफर्मबाट चहिँ भोलिको दिनमा पछाडि पारिएका वर्गबाट आएका युवाहरु उद्यमी, सामाजिक उद्यमी बनुन र ती युवाहरुको आइडियालाई दिगो बैंकका ब्रान्चहरुले ‘ह्याण्ड होल्डिङ’ गरेर खाली ऋणमात्र दिने होइन उसका आइडियालाई वास्तविक परियोजना बनाउनका लागि लगानी गरून् । त्यो आइडियालाई सबै किसिमका सहयोग दिएर एउटा सफल भेन्चरका रूपमा उभ्याउन सकियोस् । 

अब आजको दिनमा ‘प्रायोरिटी सेक्टर फण्डिङ’ भनेको छ । त्यो पैसा दिनै पर्ने राष्ट्र बैंकको निर्देशन छ । दिएन भने कारबाही हुन्छ । यसैले त्यहीँ आधारमा मात्र आजसम्म बैंकहरुले रणनीति बनाए होलान् तर पूर्र्वाधार कसैले तयार गरेनन् । त्यो जानकारी, सिस्टम र प्लेटफर्म कसैले तयार गरेनन् । यसैले नबिल जस्तो बैंकले यस्ता कुरामा लिड लिनुपर्छ भनेर जहिल्यै पनि मेरो सुझाव र दबाब रह्यो । त्यसैको परिणाम आज १७ वटा शाखा नबिलले यस कामका लागि उभ्याएको छ भने अर्काेतिर नबिल स्कुल फर सोसल आन्टप्रिनियरसिप अन्तिम चरणमा पुगेको छ । चाँडै नै यसले मूर्तरूप लिन्छ । 

अहिलेसम्मको लेखाजोखमा नबिलले पाँच सयदेखि सात सयसम्म यस्ता विद्यालय जन्माउँछ र मलाई यो कुरामा दुविधा छैन कि ती ५ सयदेखि ७ सय स्कुलबाट जति पनि सामाजिक उद्यमी निस्कन्छन् तिनीहरुलाई नबिल दिगो बैंकले उनीहरुको आइडियामा लगानी र सहयोग गरेर भोलिको दिनमा देशको सामु धेरैभन्दा धेरै सफल उद्यमी प्रस्तुत गर्नेछ भन्ने मैले सपना देखेको छु । नबिलले पनि यो सपना देख्नुपर्छ र म्यानेजमेन्ट टिम यस काम तिर लाग्नुपर्छ । यो भनेको नबिलले खेल्नुपर्ने सामाजिक न्यायको भूमिका हो । सामाजिक संसाधनको समान बाँडफाँड हो । 

नबिलको एकातिर कोर कमर्सियल दृष्टिकोणबाट मोटिभेट छ भने अर्काेतिर समाजसँग जोडिएको दृष्टिकोण हो यी दुवैलाई नबिलले सँगसँगै लग्नुपर्छ । नबिल परिवर्तन हुँदैछ । ठूला उद्यमी बनाउने सपनासँग सम्झौता नगरी नबिल परिवर्तनतर्फ बढेको छ । नबिलले एसएमईज, साना उद्योगी तथा विशेषगरी सामाजिक उद्यमीहरुलाई विशेष इनपुट थप गरिरहेको छ । 

सोसल आन्टरप्रिनियरसिपका कोर सिदान्तका बारेमा मान्छेले ज्ञान लिइसकेपछि कुन आइडिया पिकअप गर्ने हो भन्ने कुरालाई त्यसले नै निर्देश गर्छ । उसले जुन आइडियाको अवसर देख्छ त्यसमा गर्छ अझ अरुले भन्दा राम्रो तरिकाले गर्न सक्छ । मान्यता त त्यहीँ त हो नि ।  हामीले अहिले जुन परियोजनाका बारेमा कुरा गरिरहेका छौं ती कृषिसँग जोडिएको होला, कटेज उद्योग, सेवा उद्योगसँग जोडिएका होलान् । अब यसलाई अर्काे तहसम्म पुर्याउन यो लेभलको उद्यमशीलता चाहिन्छ भन्ने हो ।

यसैले कुनै उद्यमी मात्र होइन उसले नयाँ सोच पनि जन्माउन सक्छ भन्ने हाम्रो मान्यता हो ।  म चाहीँ यस्तो समय देख्न चाहन्छु कि प्रत्येक बैंकले गरोस् यो काम । यस्तो काम कुनै एउटा बैंकको एकाधिकारको कुरा होइन् । नेपालमा वाणिज्य बैंकहरुको चार हजारभन्दा धेरै शाखाहरु छन् । र, प्रत्येक शाखाले १० वटा यस्ता परियोजनाहरुलाई लगानी गर्नुपर्छ भनेर राष्ट्र बैंकको नीति नै छ । चार हजारले दशवटालाई गर्छ भने ४० हजार इन्टरप्राइज प्रत्येक वर्ष आउने वातावरण बन्नुपर्छ ।

सोसल आन्टरप्रिनियरसिपका कोर सिदान्तका बारेमा मान्छेले ज्ञान लिइसकेपछि कुन आइडिया पिकअप गर्ने हो भन्ने कुरालाई त्यसले नै निर्देश गर्छ । उसले जुन आइडियाको अवसर देख्छ त्यसमा गर्छ अझ अरुले भन्दा राम्रो तरिकाले गर्न सक्छ । मान्यता त त्यहीँ त हो नि ।  हामीले अहिले जुन परियोजनाका बारेमा कुरा गरिरहेका छौं ती कृषिसँग जोडिएको होला, कटेज उद्योग, सेवा उद्योगसँग जोडिएका होलान् । अब यसलाई अर्काे तहसम्म पुर्याउन यो लेभलको उद्यमशीलता चाहिन्छ भन्ने हो ।

तर, बैंकहरुसँग यस्तो आन्टप्रिनियर जन्माउने तागत देखिएन । बैंकहरुले फण्ड गर्न सक्छ तर आन्टरप्रिनियर जन्माउन सकेन । त्यो जन्माउन नबिल स्कुल अफ आन्टरप्रिनियरसिप भने जस्तै जन्माउनुपर्छ जिल्ला जिल्लामा । विदेशतिर युवाहरुका लागि नगरपालिकाले थप गरेर खोल्छन्, राज्य, स्थानीय तहले लगानी गरेर खोल्छन् । तिनीहरुलाई एक्सिलिरेटर, इन्कुबेटर भन्छ ।

हाम्रोतिर त्यो संस्कार आइसकेको छैन । यतिका धेरै स्थानीय तह छन् तर यो अवसर दिन सकेका छैनन् । भोलिको दिनमा म यस्तो परिस्थितिको कल्पना गरिरहेको छु की भोलीका दिनमा संघ, प्रदेश तथा स्थानीय तहका उपयुक्त निकायहरुले हरेक ठाउँ राम्रो र गुणस्तरको स्कुल अफ सोसल आन्टप्रिनियर खोलुन । ती स्कुलले सयौं हजारौं आइडिया र उद्योगीलाई जन्म दिऊन् र ती ४० हजार इन्टरप्राइज जन्माउने दायित्व बोकेका बैंकहरुले फण्ड गर्न पाउन । 

एक वर्षमा चालिस हजार इन्टरप्राइजलाई एक वर्षमा फण्ड गर्ने वातावरण बनाउन सकेर त्यो एउटा इन्टरप्राइजले ५/ १० जना मान्छेलाई मात्र जागिर दिन सक्यो भने अहिले हाम्रो जब मार्केटमा वार्षिक प्रवेश गरिरहेका चार  लाख मानिसलाई काम दिन सक्छ । वास्तवमा भिजन भनेको त त्यो हो नि । तर, त्यसलाई कति राम्रो चाला र कति राम्रो गर्न सक्छौं भन्ने कुरा चाहिँ राजनीतिक नेतृत्वमा पनि निर्भर हुन्छ । म त्यो गर्ने ठाउँमा भए भने म गर्छु । मेरो राजनीति भनेको यहीँ कुराका लागि हो । म एउटा वास्तविक परिवर्तन हेर्न चाहन्छु । विश्वमा जहाँ जान्छु त्यो परिवर्तन देख्न चाहान्छु । 

(कुराकानीमा आधारित, नबिल बैंकमा चौधरी ग्रुपको बहुमत सेयर छ )

शनिबार १६ साउन २०७८ ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया