एमबीबीएस अध्ययनरत तीन युवा: जसले मेडिकल क्षेत्रलाई प्रविधिमा जोड्दै छन

account_box युबराज बस्नेत ,
प्रकाशित: २०७७ मङ्सिर ३०, मङ्गलबार,१२:०३:PM  
एमबीबीएस अध्ययनरत तीन युवा: जसले मेडिकल क्षेत्रलाई प्रविधिमा जोड्दै छन

काठमाडौं । कहिलेकाँही योजना भन्दा पनि नसोचेको काम भइदिन्छ । एउटा काममा तदारुक्ताकासाथ लागि पर्दा नयाँ कामको समेत थालनी हुन पुग्छ । त्यसैले त भनिन्छ ‘ योजना भन्दा ‘अनएस्पेक्टड’ कार्यनै सफल र प्रभावकारी हुन्छ’ । 

चितवन मेडिकल कलेज (सीएमसी)मा एमबीबीएस चौथो बर्ष अध्ययनरत तीन युवाले प्रविधितर्फ पनि आफ्नो ध्यान केन्द्रीत हुन्छ भन्ने सोचेकै थिएनन् । उनिहरुलाई लाग्थ्यो, एमबीबीएस अध्ययनलाई नै प्राथामिकता दिएर स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुपर्छ ।  तर, उनीहरुले सोचेको भन्दा फरक भईदियो ।

अहिले मेडिकल क्षेत्रलाई प्रविधिमा जोडेर अघि बढिरहेका छन, एमबीबीएसका विद्यार्थी युवा सन्तोष रिजाल, अंकित श्रेष्ठ र  आईटीका विद्यार्थी क्षितिज ढकाल । सन्तोष रिजाल र अंकित श्रेष्ठ भने सानैदेखिका सहपाठी हुन् । उनिहरुले अहिले ८ वटा मेडिकल एप बनाएका छन जसमा चार ओटा सञ्चालनमा समेत आइसकेका छन् । एमबीबीएस अध्ययन गरिरहेका सन्तोषलाई प्रविधि क्षेत्रमा रुचि थियो, सपना भने डाक्टर बन्ने ।

प्रविधिको रुचि र चाहानालाई आत्मसाथ गर्दै चिकित्साशात्र अध्ययन गर्न थाले । तर, एमबीबीएस तेस्रो बर्षको पढाई बीचमा निरन्तर भएन त्यतिबेलादेखि नै मेडिकल क्षेत्रलाई प्रविधिमा जोड्न गृहकार्य सुरु गरिसकेका थिए  । पछि, तेस्रो बर्षको परीक्षा सकिएपछि नयाँ काम गर्न अग्रसर भएका उनीहरु औपचारीकरुपमा मेडिकल अध्ययनलाई प्रविधिसँग जोड्न लागिपरे । २२ वर्षीय अंकित र २३ वर्षीय सन्तोषले सुरु गरेको ‘मेडिकोस स्टार्टअप’ अन्तर्गत अहिले चारवटा एपबाट चिकित्सा विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई विभिन्न किसिमका शैक्षिक सहायताहरु उपलब्ध गराउन थालेका छन् ।

मेडिकस जुन डिजिटल ‘लर्निङ्ग प्लाटफर्म’ मेडिकल विद्यार्थी, डाक्टर तथा नर्सहरुको लागि पनि उपयोगी छ । तीन युवाले नेपालमा कोरोना भाइरस संक्रमण फैलिनु अघिबाट मेडिकोस  सुरु गरेका थिए । प्लेस्टार र एप स्टोरबाट ३ लाख भन्दा बढी डाउनलोड भइसकेको छ । अहिले मेडिकोस पीडिएफ सबैभन्दा राम्रो र लोकप्रिय एपको रुपमा चिनिन्छ ।  

चिकित्साशास्त्रका विषयवस्तुहरु डिजिटाइज हुन नसकेका र त्यसका लागि पहिलोपटक आफुहरु लागिपरेको बताउँछन मेडिकोसका संस्थापक अंकित श्रेष्ठ । ‘मेडिकल अध्ययनलाई हामीले प्रविधिसँग जोडेर सहज बनाउन सकेको आवस्था छैन श्रेष्ठले भने ‘प्रयोगात्मक अभ्यासमा पनि किताबमै भर पर्नुपर्ने समस्यालाई समाधान गर्न मेडिकल विषयलाई डिजिटाइज गर्ने अग्रसर भएका हौं’ । 

एमबीबीएसलगाएत नर्सिङ् कोर्षका किताबहरु मंहगो पर्ने गरेको उनिहरुको अनुभव छ । पहिलो, दोस्रो बर्ष अध्ययन गर्दा एउटै किताबलाई १० हजार रुपैयाँसम्म पर्ने उनीहरुले थाहा पाए । महङ्गो शुल्क तिरेर पढेर साध्य नहुने भएपछि सबैको हातमा मोबाइल, ल्यापटप हुने नै भएकाले एप मार्फत सबै च्यापटरहरुलाई पिडिएफमा समावेश गर्न थाले । बजार  अवलोकन गर्दा यस्तो प्रकारको एप कसैले पनि बनाएको ती युवाले भेटाएनन् । 

एमबीबीएसलगाएत नर्सिङ् कोर्षका किताबहरु मंहगो पर्ने गरेको उनिहरुको अनुभव छ । पहिलो, दोस्रो बर्ष अध्ययन गर्दा एउटै किताबलाई १० हजार रुपैयाँसम्म पर्ने उनीहरुले थाहा पाए । महङ्गो शुल्क तिरेर पढेर साध्य नहुने भएपछि सबैको हातमा मोबाइल, ल्यापटप हुने नै भएकाले एप मार्फत सबै च्यापटरहरुलाई पिडिएफमा समावेश गर्न थाले । बजार  अवलोकन गर्दा यस्तो प्रकारको एप कसैले पनि बनाएको ती युवाले भेटाएनन् ।

त्यतिबेलै उनिहरुले आईडिया पाएपछि इन्टरनेट गुगलमा पाइने र किताबहरुको पिडिएप एलोकेड गरेर एप मार्फत राख्न थाले । विद्यार्थी वा प्रयोगकर्ताले चाहेको लेख तथा लेखकहरुको लेखहरु सोहि एप मार्फत पढ्न सक्छन् । ‘सुरुमा पिडिएफमा मात्र थियो अहिले एक दर्जन भन्दा बढी पटक अपडेट दिइसकेका छौं’ श्रेष्ठले भने पछिल्लो समय शिक्षक, विद्यार्थी, नर्सहरुको नोटहरु पनि राखिएको छ ।

मेडिकल जर्नलमा मेडिलक विद्यार्थीलाई आवश्यक पर्ने सबै प्रकारका सूचनाहरु उक्त एपहरुमा राखिएको छ । अंकित  लगाएतको टिमले मेडिकोस  पिडिएफको प्रयोग प्रभावकारी भएको देखेपछि दोस्रो चरणमा मेडिकोस  इसिजी नामक एप बनाए जसले मेडिकल इसिजी पढ्ने विद्यार्थी लक्षित छ । ८ वटा एप मध्ये सबै एप मेडिकल शिक्षामै केन्द्रीत छ ।

‘हामीले जे समस्या भोग्यौं त्यहि समस्यालाई समाधान गर्न यस्ता एपहरु ल्याएका हौं’ संस्थापक श्रेष्ठले भने । ठूला ठूला डाक्टरहरुलाई पनि रिफ्रेसकोरुपमा प्रयोग गर्न सक्नेगरी यस्तो एपहरु बनाइएका छन् । श्रेष्ठका अनुसार यी बनेका एपहरुको बजार नै अन्तर्राष्ट्रिय स्तरमा रहेको छ । नेपाली प्रोडक्ट भन्यो भने अन्तर्राष्ट्रिय क्षेत्रमा नपत्याउने अवस्था छ ।

अहिलेसम्म डाउनलोड भएको मध्य ७ प्रतिशत मात्रै नेपाली प्रयोगकर्ता रहेका छन भने ९७ प्रतिशत प्रयोगकर्ता देश बाहिर छन् । मेडिकोस  पीडिएम, मेडिकोस  ईसीजी, मेडिकोस  हिस्टोलोजि, मेडिकोस  मेडिसिन एपभने सञ्चालनमा आइसकेको छ । सबैभन्दा महत्वपूर्ण भने मेडिकोस  मेडिसिन हो । 

 

प्रविधिको रुचि र चाहानालाई आत्मसाथ गर्दै चिकित्साशात्र अध्ययन गर्न थाले । तर, एमबीबीएस तेस्रो बर्षको पढाई बीचमा निरन्तर भएन त्यतिबेलादेखि नै मेडिकल क्षेत्रलाई प्रविधिमा जोड्न गृहकार्य सुरु गरिसकेका थिए  । पछि, तेस्रो बर्षको परीक्षा सकिएपछि नयाँ काम गर्न अग्रसर भएका उनीहरु औपचारीकरुपमा मेडिकल अध्ययनलाई प्रविधिसँग जोड्न लागिपरे । २२ वर्षीय अंकित र २३ वर्षीय सन्तोषले सुरु गरेको ‘मेडिकोस स्टार्टअप’ अन्तर्गत अहिले चारवटा एपबाट चिकित्सा विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई विभिन्न किसिमका शैक्षिक सहायताहरु उपलब्ध गराउन थालेका छन् ।सरी फुर्यो आईडिया 

एमबीबीएस दोस्रो बर्षको परीक्षा उर्तिर्ण भइसकेपछि केहि महिना ग्याप, अर्थात बिदा हुन्छ । त्यहि बिदाको समयमा के गर्ने भन्ने अन्योलता कायम भयो । बिदापछि एमबीबीएस तेस्रो बर्षको कक्षा सुरु हुन थाल्यो । तेस्रो बर्षका लागि किताब किन्न जाँदा भन्डै २० हजार रुपैयाँ भेट्ने ती युवाहरुले देखे । श्रेष्ठले हास्दै भने ‘हामीलाई अचम्म लाग्यो, अहिलेसम्म यस्तो महङ्गो मूल्य हालेर किताब किनेका थिएनौं’ ।

तीन बर्षमा किताबमै मात्र ५० हजार रुपैयाँ बढी खर्च भइसकेको थियो । सधै महङगो मूल्य तिरेर किताब खरिद गरेर मात्रै भएन भनेर यी युवाले मेडिकल पीडिएफ एप बनाउँन थाले । बीचमा एपलाई ध्यान दिन नसकेको बताउँछन संस्थापक श्रेष्ठ । कोरोना भाइरस संक्रमणको कारण लकडाउन भएपछि कलेज पनि बन्द भयो । 

बन्द भएपछि ७ महिनामा एप निमार्णसम्बन्धी सबै काम गर्ने उनीहरुलाई मौका मिल्यो । हालसम्म यस्तो एप बनाउन साढे ३ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेका छन् । यस्तो एप बनाएको चर्चापछि कलेजभरी हल्ला भयो । पछि सीएमसीको अध्यक्षलाई पनि थाहाभएपछि थप आईडिया दिए । अहिलेसम्म उनिहरुले आम्दानीलाई ध्यान दिएका छैनन् । अहिले एप भित्रका सबै निःशुल्कनै पढ्न पाइन्छ । 

डिजिटाइजेसनकै कारण इन्जिनियरिङ पढ्न सजिलो भएको बताउँदै मेडिकल अध्ययनलाई पनि प्रविधिमैत्री बनाउन लागिपरेको उक्त टिमको भनाई छ । अहिले पनि नेपालको मेडिकल बिषय पढ्ने विद्यार्थीहरु कागजी पृष्ठमै निर्भर रहेको छ भने  कतिपय कन्टेन्ट मोबाइलमा कोचेर राख्नु पर्ने बाध्यता छ ।

बिरामीको हिस्ट्री रेकर्ड राख्न समेत अस्पतालहरुमा कागजी झन्झटता कायम नै छ । मेडिकोस टिमले भने समग्र मेडिकल अध्ययनलाई पहिलो चरणमा डिजिटलाइज्ड गराउन लागि परेका छन् । 

 

युबराज बस्नेत

क्यापिटल नेपालका संवाददाता हुन् । 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top